केपी ओली कप टी-२० क्रिकेट: गण्डकी पराजित हुँदा एपिएफ क्लब सेमिफाइनलमा प्रवेश

पाेखरा | मंसिर १०, २०८०

केपी ओली कप टी-२० क्रिकेट: गण्डकी पराजित हुँदा एपिएफ क्लब सेमिफाइनलमा प्रवेश

पोखरा:   पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश लुम्बिनीसँग ५ रनले पराजित भएको छ । लुम्बिनीको जितले नेपाल एपिएफ क्लबले समूह ‘बी’बाट सेमिफाइनलमा स्थान पक्का गरेको छ । 

समूह‘बी’बाट एपिएफ क्लब रनरेटका आधारमा सेमिफाइनल प्रवेश गर्दा गण्डकी र लुम्बिनी अन्तिम चार पुग्नबाट बञ्चित भए । 

 
१०४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १८.५ ओभरमा ९८ रनमा नै समेटिएको थियो । लक्ष्य पछ्याउने क्रममा गण्डकीका सुदिप अर्यालले २४ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३५ रनको यागदान दिए पनि उनले टिमलाई जिताउन सकेनन् । १८ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्ने क्रममा उनी लङ अफमा मोहमद हुसेनको बलमा ध्रुव सुनारको हातबाट क्याच आउट हुने पुगे । गण्डकीका लागि अमृत गुरुङले १९, कप्तान विपिन खत्रीले १९, दिनेश बुढामगरले १३, र कमल परियारले ११ रन बाहेक अन्य खेलाडी क्रिजमा जम्न सकेनन् ।


लुम्बिनीका लागि मोहमद हुसेनले ३ं.५ ओभरमा ९ रन दिएर ४ विकेट हात पारे ।


यस अघि टस हारेर पारीको सुरुवात गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १०३ रन बनायो ।  टिमका लागि नर कार्की र धुव्र सुनारले समान २३–२३ रनको योदना दिंदा, विराट भण्डारीले १६ र मिर्नाल गुरुङले ११ रन जोडे ।


वलिङतर्फ गण्डकीका अमृत गुरुङले ३ विकेट र चन्द्र पौडेलले २ विकेट लिए ।

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्